नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवं क्रियाशील पत्रकार सुमन ढुंगानामाधि समाचार प्रकाशन/प्रसारणको विषयलाई लिएर दिइएको धम्की र गरिएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ३३ मा सञ्चालनमा रहेको सेती रिभर साइड रिसोर्टको विषयमा समाचार सम्प्रेषण गरेकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिका वडा नम्बर ३३ समितिका सभापति दिनेश आचार्यले पत्रकार ढुंगानालाई बारम्बार व्यक्तिगत म्यासेज पठाएर धम्की दिएको घटना निकै आपतिजनक र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो ।
चित्त नबुझेको समाचारका विषयमा वार्ता, छलफल, कानुनी र विधिसम्मत समाधान नखोजी पत्रकारलाई धम्क्याएर मानसिक त्रास फैलाउने यो शैली प्रति नेपाल पत्रकार महासंघ कास्की निन्दा गर्दछ र घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । आगामी दिनमा पत्रकारलाई निर्बाध रुपमा सत्य, तथ्य, निष्पक्ष र सन्तुलित समाचार संकलन, प्रशारण र प्रकाशनको वातावरण मिलाउन सरोकारवाला सबैको नेपाल पत्रकार महासंघ कास्की ध्यानाकर्षण गराउँदछ
भूपाल गुरुङ
सचिव
नेपाल पत्रकार महासंघ कास्की
२०८३/०४/१०
