नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष तथा सल्लाहकार दीपेन्द्र श्रेष्ठ र पत्रकार महासंघ कास्कीका सदस्य सन्देश श्रेष्ठका पिता भीमबहादुर श्रेष्ठको ७७ वर्षको उमेरमा २०८२ चैत २२ गते आइतबार बिहान करिब ५ बजे भएको निधनले नेपाल पत्रकार महासंघ कास्की मर्माहत भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ५ जनताबस्तीस्थित आफ्नै निवासमा उहाँको निधन भएको हो । २००६ साल कात्तिक ११ गते जन्मनुभएका भीमबहादुर विगत लामो समयदेखि नसासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको आइतबार नै स्थानीय बुढीखोलामा अन्त्येष्टि गरिएको छ ।
स्वर्गीय भीमबहादुरका श्रीमती नेत्रकुमारी, छोराहरु दीपेन्द्र, प्रदीप, सन्देश र छोरीहरु नर्वदा, शर्मिला र बन्दना हुनुहुन्छ । दुखद् घडीमा उहाँको आत्माको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै दीपेन्द्र, सन्देशसहित शोक सन्तप्त श्रेष्ठ परिवारमा नेपाल पत्रकार महासंघ कास्की गहिरो समवेदना प्रकट गर्दछ ।
भूपाल गुरुङ
सचिव
नेपाल पत्रकार महासंघ कास्की
२०८२/१२/२३
