नेपाल पत्रकार महासंघ कास्कीको आयोजना, प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा साइबर सुरक्षा सम्बन्धी तालिम फागुन १०, ११ र १२ गते सञ्चालन, तालिममा गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्सका उपप्राध्यापक ई.सन्तोष पन्थज्यू, नबिल बैंक गण्डकी प्रदेश प्रमुख हरि ढकालज्यू, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक शिवा थापाज्यू र साइबर सुरक्षा विज्ञ प्रमोद न्याछ्योंज्यूले सहजीकरण गर्नुभएको थियो ।
