शोक विज्ञप्ति

मितिः २०८२-०३-३०
सिग्देल परिवारद्वारा स्थापित र नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कारका दाता, पोखराका प्रथम पत्रकार जगन्नाथ सिग्देलका छोरीज्वाइँ विष्णुदत्त घिमिरेको शुक्रबार ७४ वर्षको उमेरमा भएको असामयिक निधनले नेपाल पत्रकार महासंघ कास्की मर्माहत भएको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ७ (साविक इशानेश्वर गाविस) मा २००८ फागुन १८ गते जन्मनुभएका घिमिरे पछिल्लो समय फोक्सोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । शुक्रबार दिउँसो उहाँको काठमाडौंमा निधन भएकोमा आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । उहाँ र सिग्देल परिवारको पहलमा स्थापना गरिएको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीले २०६८ सालदेखि सञ्चालन गर्दै आएको छ भने उक्त पुरस्कारको अक्षयकोषमा १० लाख रुपैयाँ छ। उहाँ विभिन्न सामाजिक संघ संस्थामा पनि सक्रिय हुनुहुन्थ्यो ।
स्वर्गीय घिमिरेका श्रीमती जगदम्बिका, छोराहरु जगतज्योति, जगतजीवन, जगदीश र छोरी उर्जा हुनुहुन्छ । यस दुखद् घडिमा उहाँको आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै जगन्नाथ सिग्देलका छोरी जगदम्बिकासहित शोक सन्तप्त घिमिरे परिवारमा नेपाल पत्रकार महासंघ कास्की गहिरो समवेदना प्रकट गर्दछ ।
भूपाल गुरुङ सचिव
नेपाल पत्रकार महासंघ कास्की