पोखरा ११ फूलबारी निवासी पत्रकार देवेन्द्र बास्तोलाको मोटरसाइकल दुर्घटनामा गत वैशाख २७गते शनिबार भएको अकल्पनीय र असामयिक निधनले नेपाल पत्रकार महासंघ कास्की शाखा स्तब्ध एवं मर्माहत भएको छ ।
बुबा टीकाराम बास्तोला र आमा लीलादेवी बास्तोलाको कोखबाट २०३६ पुस १२ गते जन्मनुभएका बास्तोला २०६१ देखि २०७९ सालसम्म नेपाल पत्रकार महासंघ कास्कीको सदस्य हुनुहुन्थ्यो । मिलनसार र मिहिनती बास्तोलाले पोखराको राष्ट्रआवाज पत्रिकाबाट पत्रकारिता सुरु गर्नुभएका हो । बास्तोलाले हिमचुली एफएम, माइक्रो न्युज दैनिक, रेडियो लेखनाथ, रेडियो सार्थक लगायतका संस्थामा काम गर्नुभएको थियो । उहाँ पछिल्लो समय राजनीति र समाजसेवामा सक्रिय हुनुहुन्थ्यो ।
बास्तोलाका आमा, श्रीमती, छोरा, दिदी र दुई बहिनी हुनुहुन्छ भने उहाँको बुबाको केही महिनाअघि निधन भएको हो । बास्तोलाको सोमबार सेती नदी र काली खोलाको दोभानस्थित रिड्डठ्ठाको घाटमा अन्त्येष्टि गरिएको छ । यस दुखद् क्षणमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा नेपाल पत्रकार महासंघ कास्की गहिरो समवेदना प्रकट गर्दछ ।
भूपाल गुरुङ
सचिव
नेपाल पत्रकार महासंघ कास्की
२०८२-०१-२९
