२०८२/०६/०७
नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य रिखिराम जिसीकी ममतामयी आमा लक्ष्मीदेवी जिसीको २०८२ असोज ६ गते साँझ भएको असामयिक निधनले नेपाल पत्रकार महासंघ कास्की मर्माहत भएको छ ।
विगत केहीसमयदेखि क्यान्सर रोगबाट पीडित ५९ वर्षीया जिसीको प्युठान जिल्लाको प्युठान नगरपालिका २ आरनेटास्थित आफ्नै घरमा निधन भएको हो । उहाँको आज झिमरुक नदी किनारमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय जिसीका श्रीमान, ३ छोरा र ३ छोरी हुनुहुन्छ ।
यस दुखद् घडिमा उहाँको आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै रिखिरामसहित शोक सन्तप्त जिसी परिवारमा नेपाल पत्रकार महासंघ कास्की गहिरो समवेदना प्रकट गर्दछ ।
भूपाल गुरुङ सचिव
नेपाल पत्रकार महासंघ कास्की
