नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यसमिति सदस्य विजय नेपाली, नेपाल पत्रकार महासंघ कास्की कार्यसमिति सदस्य सुरेश सुनार तथा सञ्चारकर्मी अर्जुन हिताङ र विष्णु विश्वकर्मालाई समाचार संकलनका क्रममा Amity Global Employment Service Pvt. Ltd. (मेनपावर कार्यालय) पोखरामा गरिएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रेस विज्ञप्ति

पत्रकारिताको मर्म र धर्म अनुसार निष्पक्ष र सन्तुलित समाचार लेख्ने उद्देश्यसहित वैदेशिक रोजगारीसम्बन्धी विषयको समाचार संकलनकै समयमा गत मंसिर १ गते पत्रकारलाई म्यानपावर कार्यालय पक्षबाट धरपकड गर्दै फोटो र भिडियो डिलिट गर्न लगाउनु, २ घण्टासम्म थुनेर राख्नु साथै गलत कामको साक्षी बस्न लगाएको घटनाको नेपाल पत्रकार महासंघ कास्की घोर निन्दा र भत्र्सना गर्दछ । कुनै विषयमा चित्त नबुझे वार्ता, छलफल र कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै पत्रकारलाई गरिएको दुव्र्यवहार समग्र पत्रकारितामाथिको आक्रमण भएको ठहर नेपाल पत्रकार महासंघ कास्कीको छ ।

पत्रकारलाई दुव्र्यवहार गरिएको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायसँग नेपाल पत्रकार महासंघ जोडदार माग गर्दछ । आगामी दिनमा पत्रकारलाई निर्बाध रुपमा सत्य, तथ्य, निष्पक्ष र सन्तुलित समाचार संकलन, प्रशारण र प्रकाशनको वातावरण मिलाउन सरोकारवाला सबैको पत्रकार महासंघ कास्की ध्यानाकर्षण गराउँदछ ।

भूपाल गुरुङ सचिव नेपाल पत्रकार महासंघ कास्की