प्रेस विज्ञप्ति
राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै काठमाण्डौँमा आन्दोलनमा सहभागी अराजक समुहले आज गरेको आगजनीमा परि समाचार संकलनको क्रममा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको खबरले नेपाल पत्रकार महासंघ कास्की शाखा स्तब्ध बनेको छ । साथै अराजक समुहले विभिन्न सञ्चार गृहको भवनमा आगो लगाउने, तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा कास्की शाखा यस प्रकारको हमला प्रति घोर भ्रत्र्सना गर्दै अमानवीय घटनाको गहिरो छानबिन गरी अपराधिक कार्यमा संलग्न जो कोहीलाई पनि तत्काल कानुनी कठघरामा ल्याउन कास्की शाखा सरकारसंग जोडदार माग गर्दछ । क्षति पु¥याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, संचार गृह र सञ्चारकर्मीको सुरक्षाको ग्यारेण्टी गर्न आग्रह समेत गर्दछ । साथै कास्की शाखाले चैत १६ र १७ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा आयोजना गरिएको अदालती रिपोर्टिङ्ग सम्बन्धि अभिमुखिकरण तालिम अर्को सुचना नभएसम्मका लागि स्थगित भएको यसै विज्ञप्ती मार्फत जानकारी गराउदै भोली चैत्त १६ गते बिहान ११ बजे महासंघ केन्द्रको निर्देशन अनुसार महासंघको परिसरमा मृतक पत्रकार सुरेश को शोक सभा र विरोध कार्यक्रममा सहभागिका लागि अनुरोध गरिन्छ ।
कर्तव्य पालनका क्रममा जलेर निधन पत्रकार सुरेश प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा नेपाल पत्रकार महासघ कास्की गहिरो समवेदना प्रकट गर्दछ ।
भुपाल गुरुङ
सचिव
नेपाल पत्रकार महासंघ कास्की
