ध्यानाकर्षण


श्री सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
नेपाल सरकार, काठमाडौं,
मार्फत् श्री प्रमुख जिल्ला अधिकारीज्यू,
जिल्ला प्रशासन कार्यालय कास्की

विषयः ध्यानाकर्षण ।

उपरोक्त विषयमा यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको सरकारलाई अवगत नै छ ।

घटना विवरणः
१. भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको ।
२. अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतलामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पु¥याइएको ।
३. कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पु¥याइएको ।
४. हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पु¥याइएको ।
५. पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको ।
६. फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको ।

उल्लेखित घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर छ । कास्कीका प्रमुख जिल्ला अधिकारीज्यूमार्फत् नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासंघ जोडदार माग गर्दछ ।
साथै, विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि महासंघ माग गर्दछ । हाम्रो माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारसमक्ष आग्रह गरिन्छ । अन्यथा महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण गराउँदछौं ।

भूपाल गुरुङ माधवप्रसाद बराल
सचिव अध्यक्ष