सदस्यता नवीकरणसम्बन्धी सूचना

आदरणीय सदस्यज्यूहरू,
नेपाल पत्रकार महासंघको विधान अनुसार कास्की शाखाका सम्पूर्ण सदस्यज्यूहरुलाई वर्ष २०८३को सदस्यता नवीकरण गर्न सविनय अनुरोध गरिन्छ ।
नवीकरणको लागिः
१. नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौ संशोधन २०७५) को परिच्छेद २ को ५ (६) को अनुसार नवीकरणका लागि पत्रकारितामा निरन्तर क्रियाशील रहेको प्रमाण पेश गर्नुपर्नेछ ।
२. नवीकरणका लागि सदस्यज्यूहरूले अनिवार्य रूपमा नवीकरण फारम भर्नुपर्नेछ ।
क) उक्त फारम महासंघ कास्कीको आधिकारिक वेबसाइट fnjkaski.org को प्रकाशनबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
ख) फारम पत्रकार महासंघ कास्कामा पनि उपलब्ध हुनेछ ।
३. नवीकरण शुल्क (२०८३ साल): रु. १,०००/- (अक्षरेपी एक हजार रुपैयाँ मात्र)
परिचयपत्र, डोरी (नेपाल पत्रकार महासंघ कास्कीको नाम लेखिएको) र कार्ड होल्डर शुल्कः रु. २००/- (अक्षरेपी दुई सय रुपैयाँ मात्र)
जम्माः १,२००/- (अक्षरेपी एक हजार दुई सय रुपैयाँ मात्र)
४. नवीकरणका लागि सदस्य स्वयं महासंघ कास्कीको कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थित हुनका लागि अनुरोध छ । नविकरण शुल्क कार्यालय समयभित्र कार्यालयमा नगद वा QR कोड स्क्यान गरी बुझाउन सकिनेछ ।
५. नवीकरणका लागि आवश्यक कागजातहरू
महासंघबाट प्राप्त परिचयपत्रको प्रतिलिपि ।
कार्यरत सञ्चार संस्थाको परिचयपत्र वा नियुक्ति पत्रको प्रतिलिपि ।
पत्रकारितालाई मूल पेसा बनाई विगत तीन वर्षदेखि निरन्तर क्रियाशील रहेको प्रमाण खुल्ने प्रकाशित वा प्रसारित समाचार सामग्रीको प्रतिलिपि । (उक्त सामाग्री fnjkaski.renew@gmail.com मार्फत पठाउन सकिनेछ ।)
सम्पर्कका लागि
नेपाल पत्रकार महासंघ कास्की
९८६७६६७८०७,०६१–४५४६२२,४५४३२२