नेपाल पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम सुरु भएको छ । आईतबारदेखि सुरु भएको तालिम मंगलबारसम्म सञ्चालन हुनेछ ।
तालिमका मुख्य प्रशिक्षक निम्जिनका संस्थापक रजनीश भण्डारीले मोबाईल जर्नालिजम् टेक्निक, मल्टिमिडिया सम्बन्धि पछिल्लो अवस्था, कान्भा फर जर्नालिज्म फोटो जर्नालिजम्, भिडियो इडिटिङ, लगायतका विषयमा प्रशिक्षण दिनेछन् ।
तालिममा पत्रकार सन्तोष पोखरेले मिस ईन्फर, डिस तथा मास ईन्फरमेसनका बारे र जीवन भण्डारीले एआईका बारेमा प्रशिक्षण दिनेछन् ।
तालिमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । तालिममा कास्कीका ७५ जना पत्रकारहरु सहभागी थिए ।
















































