मितिः२०७९/१०/११
नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा फेवा टेलिभिजनका समाचार प्रमुख प्रल्हादचन्द्र घिमिरेमाथि समाचार संकलनका क्रममा भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीको ध्यानाकर्षण भएको छ ।
स्याङ्जाको आँधीखोला गाउँपालिका ४ बासिङ दहमा खानेपानी आयोजनाको बारेमा समाचार संकलनका लागि पुग्नुभएका घिमिरेलाई स्थानीयले गरेको दुर्व्यवहारको पत्रकार महासंघ कास्की निन्दा र भर्त्सना गर्दछ । आफू पत्रकार भएको जानकारी गराएर परिचयपत्र देखाउँदा पनि जथाभावी अपशब्द बोलेर भौतिक आक्रमण गर्न खोज्नु प्रेस स्वतन्त्रता माथिकै प्रहार भएको पत्रकार महासंघ कास्कीको ठहर छ ।
केही विषयमा चित्त नबुझे वार्ता र सम्बादबाट समाधान गर्ने र कानुनी उपचारको बाटो हुँदाहुँदै घिमिरेलाई गरिएको दुर्व्यवहारको बारेमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुन अनुसार कारबाही गर्न पत्रकार महासंघ कास्की माग गर्दछ । आगामी दिनमा पत्रकारलाई निर्वाद रुपमा समाचार संकलन, प्रसारण र प्रकाशनको वातावरण मिलाउन सम्बन्धित पक्षलाई नेपाल पत्रकार महासंघ कास्की ध्यानाकर्षण गराउँदछ ।
माधव बराल
सचिव
