२०८१/०७/०४
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार रवीन्द्रनाथ वास्तोला ज्यूका पिता विश्वनाथ बास्तोलाको निधनको खबरले नेपाल पत्रकार महासंघ कास्की स्तब्ध भएको छ।
पोखरा महानगरपालिका वडा नं. ११ निवासी बुवा विश्वनाथ बास्तोलाको ९९ वर्षको उमेरमा २०८१ कार्तिक ३ गते विहान मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लामोसमय शिक्षण पेशामा आवद्ध स्वर्गीय बास्तोला पूर्व क्षेत्रीय शिक्षा निर्देशक हुन् । स्वर्गीय वास्तोलाका एक छोरा रवीन्द्रनाथ बास्तोला र तीन छोरीहरू शान्ति सिग्देल, लक्ष्मी अधिकारी र शारदा गोतामे छन् भने श्रीमती रेवती वास्तोला र एक छोरा विजय बास्तोलाको यस अघिनै निधन भइसकेको छ । स्वर्गीय बुबाको निधनले हामीले एक असल अभिभावक गुमाएको महशुस गरेका छौं।
यस दुःखद् घडीमा स्वर्गिय बुबा विश्वनाथ वास्तोलाको बैकुण्ठ वासको कामना गर्दै नेपाल पत्रकार महासंघ कास्की उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं।
रामप्रसाद तिमिल्सिना
का.वा. अध्यक्ष
