२०८१/०२/०७
नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेनाकी ममतामयी माता आदरणीय लोकमाया तिमिल्सेनाको निधनको खबरले नेपाल पत्रकार महासंघ कास्की शाखा दुखी र स्तब्ध भएको छ ।
लामो समयदेखि दमको रोगले अस्वस्थ उहाँको २०८१ जेठ ६ गते साँझको समयमा ८४ वर्षको उमेरमा दुखद निधन भएको हो ।
नेपाल पत्रकार महासंघ कास्की स्वर्गीय ममतामयी माता प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ । साथै शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना सहित गहिरो समवेदना व्यक्त गर्दछ ।
विमला भण्डारी
अध्यक्ष
नेपाल पत्रकार महासंघ कास्की
