नेपाल पत्रकार महासंघ कास्की शाखाले २०८० साउन १८ गते बसेको बैठकले नयाँ सदस्यका लागि १८ जना क्रियाशील पत्रकारहरुको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको सर्वविदितै छ ।
यस सन्दर्भमा महासंघको केन्द्रीय समितिले निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशित गर्दा १८ जना क्रियाशील पत्रकारहरुको नाम समावेश नगरेपछि महासंघको गण्डकी प्रदेश समिति र कास्की शाखामा २ पटक सम्म तालाबन्दीको अवस्था सिर्जना भएको थियो । विवाद समाधान र ताला खोल्न नेपाल पत्रकार महासंघका कास्की शाखामा २०८१ कात्तिक १२ गते सस्यताका लागि सिफारिस भएका क्रियाशील पत्रकारहरुसँग वार्ता गरी ताला खोल्ने सहमति भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सेनाको अध्यक्षतामा आज बसेको बैठकले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले अब प्रकाशन गर्ने अन्तिम मतदाता नामावलीमा कास्कीबाट सर्वसम्मत सिफारिस भएका १८ जनाको नाम अनुमोदनका लागि पुनः केन्द्रीय समितिमा पठाउने निर्णय भएको छ। नयाँ सदस्यता अनुमोदन नभएमा निर्वाचनको वातावण सहज बन्न नसक्नेतर्फ केन्द्रीय समितिलाई ध्यानाकर्षण समेत गराउने निर्णय भएको जानकारी गराउँदछौं ।
नेपाल पत्रकार महासंघ कास्की सधैं क्रियाशिल पत्रकारहरुको हकहितको पक्षमा रहेकाले लामो समयदेखिको तालाबन्दी अन्त्य गर्न सहज वातावरण बनाउने क्रियाशील पत्रकारहरुलाई महासंघ कास्की धन्यवाद व्यक्त गर्दछ ।
माधवप्रसाद बराल
सचिव
