पोखराबाट प्रकाशित समाधान दैनिकको २०८१ भदौ ५ गतेको अंक कास्की जिल्ला अदालत परिसर अगाडि जलाइएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।

पोखराबाट प्रकाशित समाधान दैनिकको २०८१ भदौ ५ गतेको अंक कास्की जिल्ला अदालत परिसर अगाडि जलाइएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
सूर्य दर्शन सहकारी पीडितहरुले समाचारको विषयलाई लिएर जनतालाई सुसूचित गराउने माध्यमको रुपमा रहेको पत्रिका जलाएको घटनाको पत्रकार महासंघ कास्की निन्दा र भर्त्सना गर्दछ ।
समाचारमा चित्त नबुझे खण्डन छाप्ने र कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै पत्रिका जलाउनु र पत्रिकाका सम्पादक रामकृष्ण ज्ञवालीको नाम लिएर धम्कीपूर्ण भाषा बोल्नु प्रेस स्वतन्त्रता र पत्रकारितामाथिकै आक्रमण भएको नेपाल पत्रकार महासंघ कास्कीको ठहर छ । सार्वजनिक स्थलमा पत्रिका जलाउने र पत्रकारलाई धम्कीपूर्ण भाषा बोल्नेलाई कानुनी कारबाहीको माग पत्रकार महासंघ कास्की गर्दछ ।
आगमी दिनमा यस्ता गतिविधि नदोहोऱ्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै पत्रकार र सञ्चार गृहलाई निर्वाध रुपमा काम गर्ने वातावरण मिलाउन स्थानीय प्रशासनसँग नेपाल पत्रकार महासंघ कास्की जोडदार माग गर्दछ ।
माधवप्रसाद बराल
सचिव