नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य तथा एबिसी टेलिभिजनका पोखरा संवाददाता गीता रानामाथि स्याङ्जाको भीरकोट नगरपालिका कार्यालयमा भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।

मितिः२०८०/०३/१३

नवप्रवर्तन साझेदारी कोष कार्यक्रम गण्डकी प्रदेशको रिपोर्ट तथा वृत्तचित्र निर्माणको लागि भीरकोट नगरपालिका कार्यालयको तस्बिर खिचिरहेको अवस्थामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले कसको अनुमतिमा किन तस्बिर खिचेको ? भन्दै अपशब्द बोलेर दुर्व्यवहार गरेको घटनाको पत्रकार महासंघ कास्की निन्दा र भर्त्सना गर्दछ ।
नगरपालिकाका सूचना अधिकारीलाई रिपोर्ट र वृत्तचित्र बनाउने बारे जानकारी दिनुका साथै सार्वजनिक स्थलको तस्बिर र भिडियो खिच्ने पत्रकारको अधिकारलाई हस्तक्षेप गरी पत्रकार रानालाई प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले दुर्व्यवहार गरी एक घण्टासम्म कार्यालय परिसरमा बन्धक बनाई प्रहरीको जिम्मा लगाउनु र तस्बिर तथा भिडियो डिलिट गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको ठहर पत्रकार महासंघ कास्कीको छ ।
पत्रकार रानालाई दुर्व्यवहार गर्ने प्रमुख प्रकाशकीय अधिकृत ढुंगानालाई कानुन अनुसार कारबाहीको माग गर्दै आगामी दिनमा पत्रकारलाई निर्वाद रुपमा समाचार संकलनको वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।

माधव बराल
सचिव