नेपाल पत्रकार महासंघ कास्कीका सदस्य पत्रकार रञ्जन अधिकारीलाई हातपात भएको र सदस्य पत्रकार प्रल्हादचन्द्र घिमिरेलाई जिल्ला प्रहरी कार्यालय, कास्की अगाडि भएको दुर्व्यवहारप्रति पत्रकार महासंघ, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।

मितिः२०७८/०५/२८
नेपाल पत्रकार महासंघ कास्कीका सदस्य पत्रकार रञ्जन अधिकारीलाई हातपात भएको र सदस्य पत्रकार प्रल्हादचन्द्र घिमिरेलाई जिल्ला प्रहरी कार्यालय, कास्की अगाडि मिति २०७८ भदौ २७ गते, आइतबार भएको दुर्व्यवहारप्रति पत्रकार महासंघ, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
जागिर लगाइदिने भन्दै लाखौं ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विषयमा समाचार सकंलनमा पुगेका पत्रकार अधिकारीले भिडियो र फोटो खिचिरहेको बेलामा ठगी काण्डमा पीडित भन्नेहरूले पत्रकारमाथि आक्रोश पोखेर मोबाइल खोस्दै हातपात गरेको घटनाको महासंघ निन्दा र भर्त्सना गर्दछ ।
अधिकारीमाथि भएको आक्रमण र घिमिरेलाई गरिएको दुर्व्यवहार प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको ठहर पत्रकार महासंघ कास्कीको छ । घटनामा संलग्न दोषी पोखरा ७ मासबार बस्ने युवराज लामा र पोखरा २७ तालचोक बस्ने नवराज शर्मालाई कानुनी कारबाही गर्न पत्रकार महासंघ जोडदार माग गर्दछ
जनताको सुरक्षामा २४ घण्टा खटिने प्रहरी कै कार्यालय अगाडि पत्रकारमाथि हातपात हुनु र घटनामा संलग्नलाई तारिखमा छोड्नुले सुरक्षा व्यवस्थामा पनि प्रश्न उब्जिएको छ । पत्रकारलाई निर्वाध रूपमा समाचार संकलनको वातावरण बनाउन सम्बन्धित निकायको पत्रकार महासंघ ध्यानाकर्षण गराउँदछ ।
माधव प्रसाद बराल
सचिव