नेपाल पत्रकार महासंघ कास्कीको अनुरोध

२०८०/०२/१६
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ अनुसार महासंघका विभिन्न जिल्ला/एसोसियट शाखाहरूमा मापदण्ड कार्यान्वयन भइरहेको यहाँहरूलाई विदितै छ । पत्रकार महासंघलाई विशुद्धरूपमा पत्रकारहरूको साझा संस्था बनाउनका लागि तयार पारिएको शुद्धीकरण मापदण्डलाई कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ कास्की शाखाले विभिन्न चरणमा सरोकारवालाहरूसँग छलफल र अन्तरक्रिया गरिसकेको छ । शुद्धीकरण मापदण्डलाई कार्यान्वयन प्रक्रियामा लैजाने अभियानमा सहजीकरणका लागि नेपाल पत्रकार महासंघ कास्की शाखा आफ्ना सम्पूर्ण सदस्यहरूलाई आह्वान गर्दछ । नेपाल पत्रकार महासंघको सदस्यता रहेका तर पूर्णरूपमा पत्रकारिता क्षेत्रमा क्रियाशील नरहेका, पत्रकारिता बाहेक अन्य पेशामा रहेका, शिक्षण संस्था, सरकारी तथा गैरसरकारी संस्थामा स्थायी, अस्थायी तथा करार नियुक्तिमा काम गरिरहेका, राजनीतिक दल तथा तिनका भातृ संगठनको विभिन्न पदमा रहेका लगायत मिडिया हाउसको व्यवस्थापक, बजार प्रतिनिधि, प्रशासनमा काम गर्ने सदस्यहरूलाई स्वघोषणा गरी आफ्नो सदस्यता त्याग गरेको जानकारी २०८० जेठ २२ गतेभित्र नेपाल पत्रकार महासंघ कास्की शाखालाई गराइदिनुहुन अपिल गर्दछौं । उक्त समयपछि पत्रकार महासंघ कास्की शाखाले आवश्यक छानबीनसहित नविकरणको प्रक्रिया सुरू गर्ने जानकारी पनि सम्पूर्ण सदस्यहरूमा जानकारी गराउँदछौं ।
नोटः स्वघोषणाको नमुना पत्र नेपाल पत्रकार महासंघको वेबसाइट fnjnepal.org मा गएर डाउनलोड गर्न सकिन्छ भने यसै सूचना साथ पनि संलग्न रहेको छ ।