नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य एवं जनसंचार डटकमका सम्पादक ओम हमाल र संचारकर्मी सन्देश वराललाई जिल्ला प्रहरी कार्यालय कास्की अगाडी फोटो भिडियो खिच्ने क्रममा रोक लगाउँदै दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीको ध्यानाकर्षण भएको छ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य एवं जनसंचार डटकमका सम्पादक ओम हमाल र समय नेपाल डटकममा कार्यरत संचारकर्मी सन्देश वराललाई जिल्ला प्रहरी कार्यालय कास्की अगाडी फोटो भिडियो खिच्ने क्रममा रोक लगाउँदै दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीको ध्यानाकर्षण भएको छ।

सहकारीको रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रूपन्देही जिल्लामा वयान सकाएर जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याउने क्रममा जिल्ला प्रहरी कार्यालय कास्की अगाडि प्रदर्शन गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गर्न लाग्दा फोटो भिडियो नखिच्न भन्दै क्यामरा खोस्न खोजेको घटनाप्रती नेपाल पत्रकार महासंघ कास्कीको ध्यानाकर्षण भएको छ।

सार्वजनिक स्थानमा हुने सार्वजनीक सरोकारका विषय र पक्राउ परेका व्यक्तिको फोटो भिडियो खिच्न खोज्नु संचारकर्मीको दायित्व हो। सार्वजनिक निकायको गरिमामय पदमा वहाल जिम्मेवार प्रहरी अधिकृतवाटै संचारकर्ममा खटिएका व्यक्तिमाथी वारंवार यस्तो किसिमका कार्य दोहोरीनु अत्यन्त दुखद् छ। यस्ता कार्यको महासंघ कास्की खेद व्यक्त गर्दछ। साथै पत्रकार महासंघ कास्की शाखा पत्रकारको संवैधानिक सुनिश्चितताको सम्मान गर्न र निर्वाध रूपमा संचारकर्ममा जुट्‌ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ।

रामप्रसाद तिमिल्सेना

का.वा. अध्यक्ष