समाचार संकलनका क्रममा आफ्नो कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवम् कान्तिपुर टेलिभिजनका पत्रकार इन्द्रप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवं दृश्यम मिडियाका पत्रकार विनोद लामिछाने र पब्लिक फोरके टेलिभिजनबाट प्रसारित गण्डकी छड्के कार्यक्रमका क्यामरापर्सन राजकमार माझी माथी नेपाल प्रहरीद्वारा भएको कुटपिटको घटना प्रति नेपाल पत्रकार महासंघ कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको छ। सहकारीको रकम अपचलन अभियोगमा राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि सोको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरामा आन्दोलन गर्दै आइरहेका छन् । रास्वपा कार्यकतामाथी पोखराको सहिदचोकमा आज दिउँसो प्रहरीले बल प्रयोग गरेको दृश्य खिचिरहेका पत्रकारहरू माथी प्रहरीले कुटपिट गरेको हो। प्रहरीको कुटाइबाट तीनैजना घाइते भएका छन् । पत्रकार पौडेल र लामिछानेको हातमा र अर्का पत्रकार माझी को पेटमा सामान्य चोटपटक लागेको छ। आम नागरिकलाई सुसुचित र सचेत गराउने संचारकर्मी माथि राज्यको सुरक्षा निकायबाटनै पत्रकारको परिचयपत्र भिरेर कार्यक्षेत्रमा खटिइरहँदा उनीहरू माथि भएको कुटपटिको महासंघ कास्की घोर निन्दा एवम् भर्त्सना गर्दछ । साथै पत्रकार माथि कुटपिट गर्ने दोषीलाई तत्काल कानून बमोजिम कार्वाही गर्न र पत्रकारलाई निर्भिरक रूपमा काम गर्ने वातावरण सृजनागरी संविधानले प्रदान गरेको स्वतन्त प्रेसको प्रत्याभूति दिलाउन प्रशासनसँग जोडदार माग गर्दछौं।
रामप्रसाद तिमिल्सेना
का.वा. अध्यक्ष
