नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा अनलाइन खबर डटकम गण्डकी ब्युरो प्रमुख अमृत सुवेदीलाई कुट्नुपर्ने भनी गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङले दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।

मन्त्री गुरुङले आफ्नो गञ्जी लगाएको फोटो सार्वजनिक गरेको विषयमा पत्रकार सुवेदीलाई कुट्नुपर्ने भनी दिएको अभिव्यक्तिको नेपाल पत्रकार महासंघ कास्की भर्त्सना र निन्दा गर्दछ । मन्त्री गुरुङले गञ्जी लगाएर कार्यकक्षमा बसेको फोटो सुवेदीले शुक्रबार सार्वजनिक गरेका थिए ।प्रदेश सरकारका जिम्मेवार मन्त्रीको यस्तो अभिव्यक्ति प्रेस स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्र विरुद्धको भएको नेपाल पत्रकार महासंघ कास्कीको ठहर छ। म

न्त्रीको अभिव्यक्तिले पत्रकार र पत्रकारिता जगतमा नै असुरक्षाको महसुस भएकाले यस्तो बोल्ने प्रदेशका मन्त्रीलाई कानुनी कारबाही गरी निर्वाध रुपमा पत्रकारलाई काम गर्ने वातावरण मिलाउन नेपाल पत्रकार महासंघ कास्की गण्डकी प्रदेश सरकारसँग जोडदार माग गर्दछ ।

माधवप्रसाद बराल

सचिव

नेपाल पत्रकार महासंघ कास्की

Oplus_0