नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष तथा डनन्युज डटकमका सम्पादक राजेन्द्र अधिकारीलाई पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष र उहाँका परिवारका सदस्यले टेलिफोन सम्वादमा अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।

मितिः२०८०/०८/०२
नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष तथा डनन्युज डटकमका सम्पादक राजेन्द्र अधिकारीलाई पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष दीपकप्रसाद सुवेदी र उहाँका परिवारका सदस्यले मित्रमिलन बचत तथा ऋण सहकारीको समाचारको विषयलाई लिएर टेलिफोन सम्वादमा अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचारको विषयका बारेमा बुझ्नका लागि वडाअध्यक्ष सुवेदीलाई अधिकारीले फोन गर्दा सुवेदी आफैले पनि अपशब्द बोली गालीगलोज गरेको र उहाँकी श्रीमती मीनाकुमारी आचार्य सुवेदीले बलात्कारको आरोप लगाएर फसाइदिने भन्दै दिइएको धम्कीप्रति नेपाल पत्रकार महासंघ कास्की घोर निन्दा र भर्त्सना गर्दछ । समाचारको विषयमा चित्त नबुझे खण्डन छाप्नुका साथै अन्य कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै अधिकारीमाथि गरिएको दुर्व्यवहार पत्रकारितामाथिकै अपमान भएको पत्रकार महासंघ कास्कीको ठहर छ ।
दुर्व्यवहार गर्ने सुवेदी र उहाँका परिवारका सदस्यलाई कानुनी कारबाहीको लागि स्थानीय
प्रशासन समक्ष माग गर्दै आगामी दिनमा यस्ता हर्तक नदोहो-याउन सम्बन्धित पक्षको
ध्यानाकषर्ण गराउँदछौं ।
माधव बराल
सचिव