मिति : २०८०/०६/२४
नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य, गोरखापत्र दैनिक तथा समाधान दैनिकका संवाददाता फडिन्द्र अधिकारी ‘अकिञ्चन’ माथि भएको दुर्व्यवहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
११ औं क्रियटिभ अवार्ड वितरण समारोहमा समाचार संकलनका क्रममा बुधबार पोखरा सभागृह पुग्नुभएका पत्रकार अकिञ्चनले कार्यक्रम आयोजक क्रियटिभ ब्रोडकास्टिङ मिडिया प्लसका सञ्चालक मीलन प्रतीकलाई बुधबार परीक्षा दिएका र बिहीबारसमेत परीक्षाको तयारीमा रहेका सबै विद्यार्थीलाई किन कार्यक्रममा ल्याएको ? भनी प्रश्न गर्दा सञ्चालक प्रतीकले अपशब्द बोल्दै ‘म ठूलो मान्छे हुँ, ठीक लगाइदिन्छु’ भन्दै धम्की दिएकोप्रति स्वतन्त्र प्रेसको मर्ममाथि प्रहार गरेको हाम्रो ठहर छ ।
सार्वजनिकस्थलमा आयोजना गरिएका यसप्रकारका कार्यक्रमबारे सर्वसाधारणलाई सुसूचित गराउन समाचार संकलन गर्नु पत्रकारको अधिकार हो ।
अतः पत्रकारमाथि भएको दुर्व्यवहार घटनामा संलग्न प्रतीकलाई कानुनबमोजिम कारबाहीका लागि स्थानीय प्रशासनसँग माग गर्दछौं । साथै, प्रेस स्वतन्त्रता सुनिश्चित गरी आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन सम्बन्धित पक्षसँग हामी जोडदार माग गर्दछौं ।
माधव बराल
सचिव
