मितिः२०७८/५/३१
गण्डकी प्रदेश सभामा पेस भएर विधायन समितिमा दफाबार छलफलमा रहेको आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
गण्डकी प्रदेशमा सञ्चालन हुने आमसञ्चार माध्यमलाई स्वतन्त्र, मर्यादित र जिम्मेबार बनाइ विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सञ्चारको हकलाई थप प्रभावकारी बनाउन भन्दै ल्याउन लागिएको विधेयकमा राखिएका प्रावधानले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको पत्रकार महासंघ कास्कीको ठहर छ ।
नेपालको मूल कानुन संविधानसँगै बाँझिने गरी ल्याउन लागिएको उक्त विधेयकप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ कास्की तत्काल फिर्ता लिएर पुनर्लेखन गर्न जोडदार माग गर्दछ । स्वतन्त्र पत्रकारितालाई अँकुश लगाउने गरी विधेयकमा राखिएका बुँदाहरुलाई परिमार्जन गर्न पत्रकार महासंघले संस्थागत रुपमा पटकपटक सुझाव दिँदा पनि वेवास्ता गरिएकाले सरोकारवालाहरुको सहभागितामा विधेयक पुनर्लेखन गर्न जोडदार माग गर्दछौं । साथै विधेयक पुनर्लेखनका लागि पत्रकार महासंघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
यदि हाम्रो मागलाई अझै पनि वेवास्ता गरी उक्त विधेयक जस्ताको तस्तै संसदबाट पारित गरी लागू गर्न खोजिए स्वतन्त्र पत्रकारिताको रक्षाका लागि महासंघ जस्तोसुकै आन्दोलन गर्न बाध्य हुने र त्यसको जिम्मेवार गण्डकी प्रदेश सरकार हुने जानकारी गराउँदछौं ।
माधवप्रसाद बराल
सचिव
